Wednesday, November 9, 2011

nepali katha

नाता ! (लघुकथा)
केही दिनअघि मैले उसलाई
एकजना आफ्नै उमेरको नातेदारसँग
हिँड्दै गरेको देखेको थिएँ ।
आपसी परिचय नभए पनि मलाई
थाहा थियो कि त्यो अर्को व्यक्त
मैलो कमिज र पुरानो पाइन्ट
लगाएर हिँड्दै
गरेको त्यो व्यक्तिको पहिरनले नै
उसको आर्थिक स्थितिलाई
दर्साइरहेको थियो ।
त्यो अपरिचित व्यक्तिसँग
छुट्टिसकेपछि मैले उसँग
सोधेको थिएँ “…अनि ऊ
तिम्रो भाइ कि दाइ ?”
“दाजु न भाइ, म त
बाऊको एक्लो छोरो तिमीलाई
थहा छैन र …?” उसले
जवा दिएको थियो । “… उ त
मेरो फुपूको छोरा पो हो …” ।
“फुपूको छोरा पनि त दाजुभाइ नै
हुन् नि हैन र ?” ।
मेरो प्रश्नको उसले एकैछिन
रोकिएर जवाफ
दिएको थियो “…अँ…
त्यसरी हेर्दा त भाइ नै पर्छ
क्यारे…” ।
आज पनि मैले उसलाई
बाटोमा एकजना उसकै
उमेरको अपरिचित तर समृद्ध
व्यक्तिसँग हिँड्दै गरेको देखेर सोधेँ
” अनि उ को नि ?” ।
“उँहा मेरो दाइ हो” उसले झट्ट
जबाफ दियो । “हैन तिमी त एक्लै
छोरा हैन र?” मैले सोधेँ । “हो,
तर मामाको छोरा भनेको त आफ्नै
दाइ नै त हो नि …” उसले सटीक
जबाफ दियो ।

2 comments:

  1. Ti dinharu bastabmai smaraniya xan sensai...

    ReplyDelete
  2. Not much to say but...just today im reminded of sweets we feasted in saili didi,its available in josi dai's shop...join me...hehehahaha

    ReplyDelete